NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदममा सर्वोच्चलाई ध्यान दिन पूर्वराष्ट्रपति यादवको आग्रह

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदममा सर्वोच्च अदालतले ध्यान पुर्याउन आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदममा सर्वोच्च अदालतले ध्यान पुर्याउन आग्रह गरेका हुन् । साथै, उनले प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदम संवैधानिक, राजनीतिक र नैतिक रुपमा नमिलेको बताएका हुन् । पूर्वराष्ट्रपति यादवले भने, ‘राष्ट्रपति संस्थामाथि देशले प्रश्न उठाएको छ । यो संस्था देशको अभिभावक हो । राष्ट्रपतिले आफ्नो भूमिका निर्वाह गर्नबाट चुक्नु भएको छ ।’ उनले राष्ट्रपतिले आफ्नो संस्थाको गरिमा र मर्यादा कायम गर्न नसकेको बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष