प्रचण्डपक्षीय केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डपक्षीय केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । प्रचण्डपक्षीय कमिटीको बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको हो । केही समयअघि मात्रै प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटीको बैठक सकिएको थियो । यता प्रचण्ड पक्षले ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उनलाई कारबाही गर्ने निर्णय गरेको थियो । आइतबार स्थायी समितिको बैठकबाट भएको ओलीलाई कारबाही गर्ने निर्णयलाई आज केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव गरिँदै छ ।
ताजा अपडेट
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
-
१० महिनामा वीरगञ्ज भन्सारबाट कति उठ्यो राजस्व ?
-
आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता
प्रतिक्रिया