NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

बैठकमा बोल्न पनि नदिएको प्रचण्डको गुनासो

काठमाडौं । बबरमहलमा जारी नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफूलाई बोल्न पनि नदिएको गुनासो गरेका छन् । प्रचण्डले पार्टी एकीकरणपछिको साढे दुई वर्षसम्म आफूले बैठकमा बोल्न पनि नपाएको गुनासो गरेका हुन् । उनले आफूले बैठक बस्न पनि अनुनय विनय गर्नुपर्ने अवस्था भएको र बैठकमा ओलीले बोल्न पनि नदिएको बताएका छन् । उनले भने, ‘अढाइ वर्ष विचित्रको अवस्थामा बिताइयो । अध्यक्षलाई पनि बोल्न पाइँदैन भनियो ।’

ताजा अपडेट

नेपालवाच विशेष