NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

ओलीको कदमविरूद्ध आन्दोलन की निर्वाचन भन्नेमा कांग्रेसमा बहस

काठमाडौं । गत निर्वाचनमा नेकपासँग नमिठो पराजय बेहोरेको कांग्रेसमा असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटनपछि अब आन्दोलन की निर्वाचन भन्नेमा बहस सुरु भएको छ । सत्तारूढ नेकपाका किचलो बढ्दै गएपछि प्रतिनिधिसभा भंग र निर्वाचनको घोषणासम्म भएपछि कांग्रेसले सुरूवातमैं प्रधानमन्त्रीको कदम असंवैधानिक भनेको थियो । पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेपछि सोमबार तीन दलको बैठकमा पनि कांग्रेसले सो कदमको सामूहिक प्रतिवाद गरेर जाने निर्णय सुनायो । यद्यपी नेकपाको प्रचण्ड–नेपाल पक्ष, कांग्रेस र जसपाले आ–आफ्नो केन्द्रीय समिति बैठकबाट धारणा बनाउने भनेर बैठक सकाएका थिए । यसै अनुरूप मंगलबारबाट कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकको सुरुवात गराउँदै सभापति देउवाले भने–प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक छ भनेर हामीले निर्णय गरिसक्यौं । तीन दलको बैठकमा पनि यही भन्यौं । कसरी जाने आन्दोलनको स्वरुप कस्तो बनाउने ? तपाईं (केन्द्रीय सदस्य)हरू कुरा खुलस्त राख्नुस् ।’ देउवाले बैठकको सुरुवात गराएपछि नेता रामचन्द्र पौडेलले लामो व्याख्या गर्दै केपी ओलीको कदम असंवैधानिक रहेको भन्दै कडा प्रतिवाद गरेर जानुपर्ने बताएका थिए । ‘केपी ओलीले प्रजातान्त्रिक प्रणालीलाई नै मास्ने गरी असंवैधानिक कदम चालेका छन् । राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेका छन् । हामीले राजनीति अस्थिर भयो भनेर पाँच वर्षसम्म एउटै सरकार चल्नुपर्छ भन्ने व्यवस्था संविधानमा गर्यौं । तर, तीन वर्ष नपुग्दै बहुमत भएका प्रधानमन्त्रीले संसद विघटन गर्ने कानुनी प्रावधान नै छैन’ पौडेलले भने, ‘बहुमतको सरकार भएको, बहुमतबाट फेरि पनि सरकार बन्ने बाटो हुँदाहुँदै ओलीले असंवैधानिक कदम चालेका छन् । संविधानवादको रक्षा गर्दै आएको कांग्रेसले कुनै हालतमा ओलकतान्त्रिक गतिविधि हुँदा सम्झौता गर्नुहुुँदैन । कसरी जाने ओलीविरोधी शक्तिसँग पनि सल्लाह गरेर जानुपर्छ । हतारिएर निर्वाचन भन्दै नकुँदौं । मूल्यमान्यताको लागि लडौं ।’ बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले प्रतिनिधिसभा विघटनको मुख्य दोषी केपी ओली भए पनि नेकपा दल नै जिम्मेवार रहेको आरोप लगाए । ‘यस्तो हुनुमा कम्युनिष्ट सरकार दोषी छ । अब हामी अघि बढ्दा कसैलाई काँध थापेर र बोकेर केही हुँदैन । हाम्रो बलबुताले कतुर्तमाथि खबरदारी गरेर अघि बढ्नुपर्छ’ आचार्यले भने, ‘अरु दलको भर नपरौं । सरकार र नेकपा नै दोषी छ भनेर जनातामा जाउँ ।’ आचार्यले संवैधानिक परिषद्को बैठक नै नबसेका बेलामा विभिन्न अंगहरुमा कसरी सिफारिस भयो भन्दै प्रश्न उठाएका थिए । ‘संवैधानिक परिषद्को बैठक नै नबसेका बेला ओलीले कसरी विभिन्न आयोगहरुमा नियुक्ति गरे ?’ आचार्यले बैठकमा भने, ‘बैठक नबस्ने, कांग्रेसले पनि नाम दिएको छैन भने उनले कसरी नियुक्ति गर्न सक्छन् ?’ केन्द्रीय सदस्य डा. नारायण खड्काले ओलीको कदमपछि अब आन्दोलन, अदालत र त्यसपछि निर्वाचनको विकल्पमा कांग्रेस जानुपर्ने बताए । बैठकमा सभापति देउवाका विश्वासपात्र एनपी साउदले अब संसद पुनस्थापना भए पनि नेकपाकै सरकार हुने भन्दै कांग्रेसले निर्वाचनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘अब तत्काल आन्दोलन गर्ने हो भने अदालतले फेरि अर्को बाटो देखाउन सक्छ । संसद पुनस्थापना हुँदा पनि नेकपाकै सरकार आउने हो’ साउदले बैठकमा बोलेको विषयलाई उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यसकारण हामी निर्वाचनतिरै जानुपर्छ । असंवैधानिक जे भए पनि राष्टपतिले सही गरिसकिन् । हाम्रो लागि अब चुनाव अवसर हो । पार्टी चुनावको लागि तयार हुनुपर्छ ।’ याे पनि पढ्नुस् कांग्रेस बैठक : दुई तिहाईको सत्ता ढल्दा टाउको नदुखाउँ, चुनावमा लागौं

ताजा अपडेट

नेपालवाच विशेष