NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

ओली पक्षले खोस्यो प्रचण्डको अधिकार

काठमाडौं । बालुवाटारमा बसिरहेको नेकपाको ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको अधिकार खोसेको छ । ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने व्यवस्था गरेसँगै नेकपामा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को अधिकार पनि खोसिएको हो । यसअघि नेकपाको विधान अनुसार दुई अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो । तर, आज बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रथम अध्यक्षको मात्रै हस्ताक्षर गर्ने व्यवस्था गरेको हो । दुई अध्यक्ष रहने व्यवस्थालाई यथावत राख्दै केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको छ ।