NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

हेलम्बु क्षेत्रमा पाँच हजार मिटरमाथिका हिमाल आरोहण खुल्ला गर्ने तयारी

सिन्धुपाल्चोक । आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढेसँगै हेलम्बु क्षेत्रका पाँच हजार मिटरभन्दा माथि हिमाल आरोहण खुल्ला गरिने तयारी भएको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको हेलम्बु क्षेत्रलाई थप पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै पाँच हजार हिटरभन्दा अग्ला हिमालहरु खुल्ला गर्न लागिएको हो । गत मंसिर १८ गते नेरिका एडभेन्चर्सका सतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रमा रहेको हिमाल आरोहण गरेको थियो । उक्त टोलीले पाँच हजार ६ सय ५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफलतापूर्वक आरोहण गरेसँगै हेलम्बुमा रहेका अन्य पाँच हजार मिटरभन्दा अग्ला हिमालमा पनि सम्भावना देखिएकाले आरोहणका लागि खोल्ने तयारी भईरहेको हो । तस्वीरः देवराज सुवेदी, रासस