NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

पाकिस्तानको हिन्दु मन्दिरमा तोडफोड र आगजनी

काठमाडौं । पाकिस्तानको कराक जिल्लामा रहेको हिन्दु मन्दिरमा तोडफोड र आगजनी भएको छ । पाकिस्तानको पेसावर क्षेत्रभन्दा सय किलोमिटर दक्षिण–पूर्वी क्षेत्रमा रहेको मन्दिरमा सैयौंको संख्यामा आएका मुस्लिमले तोडफोड गरेर आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भईरहेका भिडियो तथा तस्विरमा केही मान्छेहरुले हम्मरले मन्दिरको भित्ता भत्काएको र मन्दिरबाट धुँवाको मुस्लो निस्किरहेको देखिएको छ । जिल्लाका प्रहरी अधिकारी ईर्फानुल्ला खानले समाचार एजेन्सी एफपीलाई बताएअनुसार हजार देखि १२ सय हाराहारमिा आएका मानिसहरुले मन्दिरलाई तोडफोड गरेका छन् । उनले भने, ‘स्थानीय मुस्लिम धर्म गुरुहरुले हजारदेखि १२ सय मानिसहरुलाई उस्काएर मन्दिर तोडफोड गर्न लगाएको देखिएको छ ।’ Today in Naya Pakistan: Hindu temple set ablaze and razed to the ground by a charged mob led by clerics in Karak, Khyber Pakhtunkhwa. pic.twitter.com/6v1mkXnqgB— Naila Inayat नायला इनायत (@nailainayat) December 30, 2020 पाकिस्तानमा मुस्लिमको तुलनामा हिन्दुको जनसंख्या निकै कम छ । ९७ प्रतिशत मुस्लिम समूदाय रहेको देशमा करिब २ प्रतिशत मात्रै हिन्दुहरुको बसोवास छ । यहि महिनाको सुरुवातमा संयुक्त राज्य अमेरिकाले पाकिस्तानलाई ‘धर्मिक स्वतन्त्रताको अधिकार’ हनन हुने देशहरुको सुचिमा राखेको थियो । प्रहरी अधिकारी खानका अनुसार नियमित रुपमा प्रयोगमा नआएको मन्दिर पछिल्लो समय पुनःनिर्माण सुरु भएसँगै त्यहाँका समूदायको आक्रोशको केन्द्रमा परेको छ । उनले भने, ‘हामीले भिडियो र तस्बिरबाट पहिचान गरि करिब २० जनामाथि मुद्दा चलाएका छौं ।’ उक्त मन्दिर सन् १९९७ मा भत्काइएको थियो । तर, सन् २०१५ मा पाकिस्तानको उच्च अदालतले पुनः निर्माण गर्ने निर्णय गरेसँगै मन्दिरमाथि पटक पटक आक्रोश देखिदैं आएको छ ।