NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी रिटमाथि न्यायाधीश रेग्मीको इजलासबाट सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासबाट मन्त्रिपरिषद् पुनर्गठन सम्वन्धी रिटको सुनुवाइ हुने भएको छ । मन्त्रिपरिषद पुनर्गठन विरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेपछि यस रिटको पेसी आजलाई तोकिएको थियो । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भन्दै वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठी र अधिवक्ताहरु लोकेन्द्र ओली तथा केशरजंग केसी लगायतले गत पुस १३ मा सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएका छन् ।