NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुनको मूल्य सय रुपैयाँले ओरालो लागेको छ । बुधबार ९२ हजार चार सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाला सुन बिहीबार भने ९२ हजार तीन सय रुपैयाँ रहेको छ । त्यस्तै, बुधबार प्रतितोला ९१ हजार नौ सय ५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य बिहीबार भने ९१ हजार आठ सय ५० रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने बुधबारकै यथावत रहेको छ । आज बिहीबार पनि चाँदी बुधबारकै प्रतितोला एक हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।