NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

मन्त्री ढकालले भने, ‘म यो क्षेत्रमा धेरै समय टिक्दिनँ’

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि पुनर्गठन भएको मन्त्रिपरिषद्का पर्यटन मन्त्री भानुभक्त ढकालले आफू पर्यटन क्षेत्रमा धेरै नटिक्ने बताएका छन् । नेपाल पर्यटन बोर्डको २२ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै नव नियुक्त मन्त्री ढकालले आफू पर्यटन क्षेत्रमा धेरै समय नटिक्ने बताएका हुन् । उनले आगामी चुनावसम्म आफ्नो कार्यकाल रहेसम्म पर्यटन क्षेत्रमा बिग्रिएका कुरालाई सुधान गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री ढकालले आफूले पर्यटन क्षेत्रलाई सक्दो सहयोग गर्ने बताएपनि व्यवसायीहरुले कोभिडका कारण भएको क्षती परिपुर्तीका लागि राहात दिने नदिने भन्ने बारेमा भने केही बोलेनन् । वार्षिक उत्सवमा व्यवसायीहरुले सरकारले सहयोग गर्न नसकेको गुनासो गरेका थिए ।कोभिडको असरका कारण सेवा सुविधाभन्दा पनि स्वास्थ्यलाई महत्व दिएका कारण अन्य क्षेत्र प्रभावित भएको बताउँदै अब पर्यटन क्षेत्रको समस्या सुन्नका लागि आफू र आफ्नो सचिवालयमा कुनै बार नलाग्ने मन्त्री ढकालले बताए । आफू लामो समयको लागि नभएर अर्को चुनावसम्मका लागि अभिभावकको रुपमा आएपनि सिमित समयमा निष्ठापूर्वक यो क्षेत्रमा लाग्ने ढकालको प्रतिबद्धता थियो ।