NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

अघोषित लोडसेडिङ भएको भन्दै हटाउन नेपाल विद्यार्थी संघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले अघोषित रुपमा लोकसेडिङ भएका कारण विद्यार्थीहरुले समस्या भोग्नुपरेको बताउँदै तत्काल यसलाई अन्त्य गर्न माग गरेको छ । संघको केन्द्रीय समितिका महामन्त्री बलदेव तिमल्सिनाले एक विज्ञप्ती जारी गर्दै उपत्यका लगायतका ठाउँमा नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गर्न थालेको र त्यसबाट विद्यार्थीहरुले समस्या भोग्नु परेकोले तत्काल यसको अन्त्य गर्न माग गरेको छ । कोभिड–१९ का कारण शैक्षिक संस्था बन्द रहँदा अनलाइनबाट कक्षा सञ्चालन भईरहेको बेला अघोषित रुपमा लोडसेडिङ हुँदा अनलाइन कक्षा र अन्य क्षेत्रमा पनि समस्या पर्नु दुःखद विषय भएको संघले जनाएको छ । प्राधिकरणले लोडसेडिङ सधैंका निम्ति अन्त्य गर्ने नेतृत्य हटाई बिगतमा अत्याधिक लोडसेडिङ गर्ने नेतृत्वलाई नै उर्जा तथा जलश्रोत मन्त्रालयमा प्रवेश दिनुले सरकार बिगतकै अध्याँरो इतिहासको पनरावृत्तिमा रहेको प्रष्ट देखिएको संघले जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘विद्यार्थीले भोगिरहेको यो जटिल समस्याको तत्काल समाधानका लागि आबश्यक पहल गर्दै विद्युत आपूर्ति सहज गर्न र अघोषित रुपले दैनिक हुनेगरेको लोडसेडिङको पुर्णरुपले अन्त गर्न जोडदार माग गर्दै अन्यथा कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छु ।’