NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

पुनः लोडसेडिङ हुने हल्लाबारे बोल्यो प्राधिकरण

काठमाडौं । पछिल्लो केही समययता ३ वर्ष पहिले हटेको लोडसेडिङ पुनः सुरु हुने भन्दै हल्ला फैलिएको छ । यता उक्त भनाई पुष्टि हुने गरि बेला–बेलामा विद्युत लाइन जाने पनि भइरहेको छ । तर नेपाल विद्युत प्राधिकरणले भने पुनः लोडसेडिङ नहुने जानकारी दिएको छ । प्राधिकरणले विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आएका लोडसेडिङ सम्बन्धी कुराप्रति गम्भीर ध्यानाकर्षण भएको र अहिले लोडसेडिङ गर्नु पर्ने कुनै कारण नरहेको बताएको छ । नेपाल बिद्युत प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिना भन्छन्, ‘अहिले लोडसेडिङ गर्नु पर्ने कुनै आवश्यकता छैन् । त्यस्तो अवस्था पनि आउदैन । प्राविधिक समस्याको कारण लाइन गएको हो । त्यसप्रति जति चाडो हुन्छ , समस्या समाधान गर्ने तर्फ प्राधिकरण लागेको छ । ’ संचारमाध्यम र सामाजिक संजालमा धेरै नै हल्ला भएपछि बिहीबार प्राधिकरणले विज्ञप्ति नै निकालेर लोडसेडिङ हुने हल्ला मात्र भएको बताएको छ । यस्ताे छ विज्ञप्ति