विदेशबाट फर्किएका युवालाई व्यवसायिक कृषि कर्ममा आकर्षित गर्नुपर्छः कृषिमन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्याल विदेशबाट फर्किएका युवालाई व्यवसायिक कृषि कर्ममा आकर्षित गर्नुपर्ने बताएकी छिन् । थापागाउँस्थित थनेट प्लानेट कृषि फर्मको आज उद्घाटन गर्दै मन्त्री अर्यालले विदेशबाट फर्किएका युवालाई व्यवसायिक कृषि कर्ममा आकर्षित गर्नुपर्ने बताएकी हुन् । अर्यालले कृषि क्षेत्रमा देखिएको परनिर्भरता हटाउन उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताएकी छिन् । उनले श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने बताउँदै किसानलाई सम्मान नगर्दासम्म उत्पादन नबढ्ने तर्क राखेकी थिइन् । अर्याले कृषकले उत्पादन गरेका वस्तु सहकारीमार्फत बिक्री वितरणमा ल्याउनुपर्ने बताएकी थिइन् ।
प्रतिक्रिया