कारको ठक्करबाट वयस्क पाटे बाघको मृत्यु

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा कारको ठक्करबाट संरक्षित जीव पाटे बाघको मृत्यु भएको छ । सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको निजी कारबो ठक्करबाट पाटे बाधको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार वयस्क उमेरको पाटे बाघलाई शनिबार बिहान कारले ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उक्त पाटे बाघ करिब १० वर्षको पूर्ण वयस्क रहेको थियो । प्रहरीले सवारी चालक अजय मिश्र र मृत बाधलाई राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।
प्रतिक्रिया