अब यसरी बग्दैछ बागमतीमा स्वच्छ पानी (भिडियो रिपोर्ट)

काठमाडौं । बागमती सम्झिने हो भने मनमा एउटै कुरा आउँछ–फोहोर, मैला र ढल बगिरहेको नदी। केही दशकअघिसम्म सफा पानी बग्ने बागमती अहिले ढल बग्ने नदी बनेको छ । कहिलेकाँही त कस्तो अवस्था आउँछ भने ढल जमेर नदी बग्न छोड्छ । तर, अब भने बागमतीमा बग्ने फोहोर, मैला र ढल मिसिएको पानीलाई सफा गरिने भएको छ । प्रदूषित बागमतीलाई खानेपानी मन्त्रालयले सफा पानी बगाउने तयारी गरेको छ । ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने खानेपानी मन्त्री मणी थापाले बताए। त्यसका लागि गुह्हेश्वरीमा रहेको ‘गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याउन तयार भएको छ। इञ्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सकिएको बताए। शुक्रबार मन्त्री थापाले शुक्रबार गुहेश्वरीस्थित गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको अवलोकन गरेर पूर्ण रुपमा सञ्चालनका लागि तयार हुन निर्देशन दिएका छन्। बागमतीको पानी कसरी सफा हुँदैछ भन्ने बारेमा नेपालवाचले तयार पारेको भिडियो रिपोर्टः https://www.youtube.com/embed/EEbWA0mNfnM
प्रतिक्रिया