NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

कर्णालीका तीन जिल्लामा कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं । कर्णालीका तीन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबै संक्रमितको निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन् । यसअघि रुकुमपश्चिममा २५५, कालीकोटमा ३२८ र मुगुमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो । विभिन्न आइसोलेशनमा उपचाररत संक्रमितको हाल निको भई घर फर्किसकेका छन् ।