NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

मन्त्री साह सवार गाडीको ठक्करबाट एक घाइते, दुर्घटनापछि भाग्यो गाडी

सर्लाही । शहरी विकासमन्त्री प्रभु साहको गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएर भागेको छ । सर्लाहीको हरिवनमा साह चढेको ना १ झ ३८४२ नम्बरको गाडीले एक वैदल यात्रीलाई ठक्कर दिएर भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाडीको ठक्करबाट लालबन्दी नगरपालिका–८ चन्द्रपुर घरका ३५ वर्षिय बच्चु तामाङ घाइते भएका छन् । प्रहरीका अनुसार तामाङको कम्मर र खुट्टामा चोट लागेको छ । अहिले उनलाई स्थानीय स्वाभिमान अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।