NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

प्रचण्ड-नेपाल समूहद्वारा एक महिना लामो आन्दोलनको घोषणा, यस्तो छ कार्यतालिका

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले एक महिना लामो आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको रुपमा एक महिना लामो आन्दोलनको घोषणा गरेको हो । पेरिसडाँडामा आयोजित नेकपाको प्रचण्ड–नेपाल समूहको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक महिना लामो आन्दोलनको घोषणा गरिएको बताएका हुन् । उक्त पत्रकार सम्मेलनमा संविधान र लोकतन्त्र रक्षाका निम्ति दोस्रो चरणको आन्दोलनको घोषणा गर्नुपरेको श्रेष्ठले बताए । श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनजस्तो असंवैधानिक र प्रतिगामी निर्णयका विरुद्धमा विभिन्न दलहरुसँग छलफल गरेपनि निर्णय नआएकाले दोस्रो चरणको आन्दोलनको घोषणा गर्नुपरेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र प्रतिगामी निर्णयका विरूद्ध विभिन्न दलहरूसँग छलफल गरे पनि निर्णय आइनसकेको अवस्थामा दोस्रो चरणको आन्दोलन घोषणा गरिएको छ ।’ श्रेष्ठले असंवैधानिक कदमलाई असफल पारी पूर्ण प्रतिगमनलाई निस्तेज नपारेसम्म आन्दोलन जारी रहने पनि बताएका छन् । यस्तो छ आन्दोलनको कार्यतालिकाः ० पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ० पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ० पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया ० २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ० २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ० ३६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ० २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ० २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ० २९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला ० ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ० ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ० १० माघमा राजधानी लगायतका सबै सहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ० १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ० २२ माघमा वडा तहमा मसाल जुलुस ० २३ माघमा राजधानीमा विरोध प्रदर्शन