NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

निर्वाचनमा जानु सरकारको बाध्यता भएको परराष्ट्रमन्त्री ज्ञवालीको तर्क

पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सरकार नयाँ निर्वाचनमा जान बाध्य भएकाले प्रतिनिधिसभा विघटन गरिउको बताएका हुन् । सँगै उनले वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध सुमधुर राखेको जानकारी समेत गराएका थिए ।