NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

शुरु भयो लोडसेडिङ, हुम्लामा दैनिक ११ घण्टा बत्ती बल्दैन

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुन थालेको छ । पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालको तर्क छ । गत बर्षहरुमा यस अवधिमा लोडसेडिङको समस्या थिएन । दैनिक ११ घण्टा लोडसेडिङ हुँदा जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनेको छ । दिनमा पटक पटक गरी ११ घण्टा लोडसेडिङ हुन थालेकाले विद्धुतबाट हुने काम गर्न अप्ठ्यारो परेको स्थानीयको गुनासो छ । लोडसेडिङ हुन थालेपछि सिमकोटमा दाउराको माग बढेको छ । एक भारी दाउराको मूल्य अहिले सिमकोटमा एक हजार रुपैँया पुगेको छ । लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ । यस्तै लोडसेडिङले आउने जेठमा एसइई तयारीका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीहरु पनि बढी प्रभावित भएका छन् ।