NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

क्रिकेट समर्थकको संस्था ‘एनसीएसएस’मा पराजुली अध्यक्ष

काठमाडाैं । नेपाली क्रिकेटको समर्थकहरुलाई एकत्रित गर्दै क्रिकेट खेलको विकास र विस्तारमा प्रतिवद्ध ‘नेपाली क्रिकेट समर्थक समाज’ (NCSS) ले नयाँ नेतृत्व पाएको छ । काठमाडौंमा भएको पाचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट आगामी दुई वर्षको लागि नारायण पराजुली अध्यक्षमा चुनिएका हुन् । साथै समर्थक समाजले सातै प्रदेशमा समन्वय समिति गठन गर्ने प्रस्ताव पारित समेत गरेको छ । आगामी २ वर्षका लागि चुनिएको कार्यसमितिमा उपाध्यक्षमा रेजिना बस्नेत सचिवमा शुभ दुलाल सहसचिवमा मोहन ज्ञवाली, कोषाध्यक्षमा अच्युत पान्डे, त्यसैगरी सदस्यहरुमा तारा पाठक, केदार शर्मा, मनिस कार्की नियुक्त भएका हुन । त्यस्तै प्रदेश संयोजकको रुपमा साधारणसभाले प्रदेश न १ मा ईश्वर रेग्मी, बागमती प्रदेशमा विशाल पौडेल र लुम्बिनीमा सागर पंगेनीलाई चयन गरिएको छ । बाँकी प्रदेशमा कार्यसमितिले संयोजक तोक्ने छ । संस्थाका सस्थापक सदस्य , आजिवन सदस्य , विभिन्न जिल्ला सम्वन्वय समितिका संयोजकका साथै साधारण सदस्यहरु सहभागी साधारण सभामा संस्थाको संगठनात्मक अवस्था बारे निवर्तमान अध्यक्ष बिराज घिमिरेले, गतिविधि र प्रगतिी विवरण सचिव नारायण पराजुलीले प्रस्तुत गरेका थिए । आर्थिक विवरण कोषाध्यक्ष कपिल श्रेष्ठले प्रस्तुत गरेका थिए । सस्थाले वर्षभरी गरेको गतिविधिको आधारमा चितवन जिल्ला समन्वय समितिलाई उत्कृष्ट जिल्लासमेत घोषणा गरेको छ । सहभागीहरुले संस्थाको विभिन्न नितिगत योजना साथै आगामी २ वर्षको कार्यक्रमहरुमा आ–आफ्नो धारणा व्क्त गरेका थिए । अध्यक्ष पराजुलीले क्रिकेट समर्थकहरुलाई एकत्रित गर्दै क्रिकेटको विकास र विस्तारमा आफूहरुले सहयोग गर्ने जानकारी दिए । केन्द्रीय कार्यसमिति अध्यक्ष – नारायण पराजुलीउपाध्यक्ष – रेजिना बस्नेतसचिब – शुभ दुलालसहसचिब – मोहन ज्ञावलीकोषाध्यक्ष – अच्युत पाण्डेसदस्य – तारा पाठकसदस्य – मनिष कार्कीसदस्य – केदार घिमिरेसदस्य – सिर्जन दुलाल प्रदेश संयोजकप्रदेश न १. – ईश्वर रेग्मीबागमती प्रदेश – विशाल पौडेललुम्बिनी प्रदेश – सागर पंगेनी