डा. शेखर कोइरालाका दाइको कोरोनाबाट निधन

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाका दाइ निरञ्जन कोइरालाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि उपचारका क्रममा निधन भएको छ । कोरोना संक्रमणपछि भारतको नयाँ दिल्ली स्थित म्याक्स अस्पतालमा विगत १ महिनादेखि उपचाररत कोइरालाको आइतबार बिहान ११ बजे निधन भएको हो । कोइरालाको निधनपछि कांग्रेस नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । ‘स्वर्गीय निरञ्न कोइरालाले निरंकुश पंचायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्बाह गर्नु भएको थियो’ पौडेलले सामाजिक संजालमा लेख्दै भनेका छन्, ‘स्वर्गीय कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायी समेत हुनुहुन्थ्यो। उहाँको निधनले मलाई र सिङ्गो पार्टीलाई अपुरणिय क्षति पुगेको छ ।’ मृत आत्माको चीर शान्तिको कामना गर्दै पौडेलले परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया