सर्वोच्चलाई राष्ट्रपतिको जवाफ – प्रतिनिधि सभा विघटन संविधानसम्मत, रिट खारेज गर्न माग

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुको कारण सर्वोच्च अदालतमा पेस गरेकी छन् । भण्डारीले संवैधानिक व्यवस्था अनुसार नै प्रतिनिधिसभा विघटन गरेको जवाफमा उल्लेख गरेकी छिन् । उनले संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य र मान्यताका आधारमा नै विघटन गरेका बताएकी छन् । जवाफमा राष्ट्रपतिले ‘संसदीय प्रणालीको आधारभूत मूल्य–मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकका अभ्यास बमोजिम प्रतिनिधिसभा विघटन गरिएको’ बताएकी छिन् । राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेलले सर्वोच्चमा पेस गरेको जवाफमा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्नु संविधानसम्मत नै भएकाले रिट खाजेर गर्न माग गरिएको छ । संविधानको धारा ६६(२) अनुसार प्रधानमन्त्रीको प्रस्तावलाई प्रमाणीकरण गरेको राष्ट्रपतिको जवाफ छ ।
प्रतिक्रिया