NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

अन्ततः देउवा ओलीको कदमविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम गर्न तयार

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि दुईधारमा देखिएको कांग्रेस अन्ततः केपी ओलीको कदमविरुद्ध देशव्यापी आन्दोलन गर्न तयार भएको छ । नेताहरुबीच शनिबार अनौपचारिक छलफलले टुंगो लागेपछि आइतबार केन्द्रीय समितिको बैठकबाट कांग्रेसले वडा तहसम्मै असंवैधानिक कदमका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । १३ पुसमा १६५ वटा संघीय निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गरेको काग्रेसले २५ पुसमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, ३ माघमा ७५३ स्थानीय तह र ८ माघमा स्थानीय तहका ६ हजार सात सय ४३ वडाहरूमा प्रतिनिनिसभा विघटनविरुद्ध विरोध र प्रदर्शन कार्यक्रम गर्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले दिइन् । यस अघि अदालतको अन्तिम निर्णय नआउँदासम्म आन्दोलन गर्नै नहुने अडानमा रहेका सभापति देउवा नै ओलीको कदम असंवैधानिक रहेको भन्दै कार्यक्रम सार्वजनिक गर्न तयार भएका हुन् । ‘हामीले सुुरुदेखि नै प्रतिनिधिसभा विघटन असंवैधानिक हो भनेर निर्णय गरेका थियौं’ देउवाले बैठकको समापनमा भने, ‘अब ओलीको कदमविरुद्ध आन्दोलनको विकल्प छैन । त्यसैले कसैलाई अलमल नहोस् भनेर हामीले आन्दोलनको कार्यक्रम घोषणा गरेका हौं ।’ पौडेलले उठाउँदै आएको मागमा कृष्णप्रसाद सिटौलाले पनि साथ दिएपछि देउवा आन्दोलनका कार्यक्रम घोषणा गर्न तयार भएका हुन् । आइतबार पनि पौडेल र सिटौला दुवैले ओलीको कदम असंवैधानिक मात्र होइन उनले घोषणा गरेको निर्वाचन पनि नहुने भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताएका थिए । सिनियर नेताहरुबाटै यस्ता अडान आएपछि देउवा पनि वडातहसम्मै आन्दोलनका कार्यक्रम घोषणा गर्न तयार भएका हुन् । यतिमात्रै होइन कांग्रेसले भ्रातृ संस्थाहरुलाई पनि आन्दोलन गर्ने बाटो खोलिदिएको छ । यस्ताे का‌ंग्रेस बैठककाे निर्णय पौष १९, २०७७ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । बैठकको निर्णय देहाय बमोजिम रहेको छ । (१) के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो भन्ने नेपाली कांग्रेसले प्रष्ट पारिसकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य हो भन्ने हाम्रो ठहर छ । नेपाल कम्युनिष्ट पार्टीको के.पी. शर्मा ओली नेतृत्वको सरकारका कारण मुलुकमा उत्पन्न गम्भीर र असहज परिस्थितिमा नेपाली जनता सामु बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन नेपाली कांग्रेसले आफ्ना सबै प्रयत्न केन्द्रीत गरिरहेको छ । के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि निम्नानुसारको थप कार्यक्रम घोषणा गरिएको छ — (१) आगामी पुस २५ गते शनिबारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।(२) माघ ३ गते शनिबारका दिन देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।(३) माघ ८ गते बिहीबारका दिन देशैभरका ७५३ पालिकाहरुका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने । माथि उल्लेखित कार्यक्रम बाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रमहरु आयोजना गर्न सक्नेछन् । पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रम बाहेक अन्य विरोधका कार्यक्रम गर्नेछन् । (२) अस्पष्टता र भ्रम निवारणार्थ ःपुस ५ गते विघटनकै दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठक मार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सफलतापूर्वक सम्पन्न गरिएको छ र आजको बैठकबाट थप कार्यक्रम तय गरिदैछ । यसरी नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरी देशव्यापी विरोध प्रदर्शनहरु समेत गरिहेको यथार्थ विपरीत पार्टीभित्र दुई खाले धारणा रहेको भनेर केही संचार माध्यममा आएका समाचार प्रति केन्द्रीय कार्यसमिति बैठकको ध्यानाकर्षण भएको छ । ‘संसद विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रष्ट धारणा साथ नेपाली कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ’ फेरि पनि यो सुस्पष्ट गर्दै गलत समाचारहरुप्रति खेद प्रकट गर्दै भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी पार्टी निर्णयको आधारमा समाचार सम्प्रेषणका लागि सबै संचार माध्यमलाई नेपाली कांग्रेसको यो बैठक हार्दिक आग्रह गर्दछ । (३) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ कार्तिक २० गतेको बैठकद्वारा गठित “अन्य राजनीतिक दल समायोजन समिति” ले नेपाली कांग्रेस पार्टीमा विलय भएका राजनीतिक दल र विभिन्न जिल्लामा अन्य राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका अन्य दलका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरुको नेपाली कांग्रेस पार्टीमा हुने समायोजन सम्बन्धमा २०७६÷११÷१९ गतेको बैठकद्वारा निर्णय गरी केन्द्रीय कार्यालयबाट सम्बन्धित जिल्लामा पठाइएका र पठाउने प्रक्रियामा रहेका क्रियाशील सदस्यताका नामावलीलाई समायोजन समितिले अन्तिम टुंगो गरे बमाजिम केन्द्रीय कार्यसमितिले पारित गरेको छ । (४) क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको अन्तिम मिति सम्बन्धमाएक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, केन्द्रबाट जारी भएको क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी परिपत्रको सबै प्रकृया पुरा गरी, क्रियाशील सदस्यताको नामावलीको सूची क्षेत्र र जिल्लामा प्रकाशित गरी पार्टीको विधान, नियमावली बमोजिमको आवश्यक कागजात र तोकिए बमोजिमको सदस्यता शुल्क सहित बुझाउने अन्तिम मिति २०७७ माघ मसान्त तोकिएको  छ ।