NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

विद्यालय, सिनेमा हलदेखि जिमखाना सबै क्षेत्र खुल्ला गर्ने निर्णय

काठमाडौँ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि बन्द गरेका सबै क्षेत्रहरु खुल्ला गर्ने भएको छ । आइतबार बसेको कोभिड संक्रमण रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति ‘सिसिएमसी’ले यस्तो निर्णय गरेको हो । सिसिएमसीले सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको हो । सिसिएमसीको सिफारिसमा सरकारले २०७६ चैत्र ६ गतेबाट विद्यालय, चलचित्र घर, जिमखानालगायत मान्छेहरुको जमघट हुने व्यवसाय सञ्चालनमा रोक लगाएको थियो । संयुक्त अधिराज्य बेलायत लगायतका विभिन्न देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिएका बेला सिसिएमसीले सबै कार्यालय, सेवाहरु खुल्ला गर्ने निर्णय गरेको हो । सिसिएमसीले नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।