NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

सवारीे ज्यान मुद्दामा १५ हजार घुस लिने इन्सपेक्टर जिम्मेवारीमुक्त

काठमाडौं । प्रहरी इन्सपेक्टरले सवारी मुद्दामा केस मिलाइदिने भन्दै १५ हजार घुस लिएका छन् । प्रहरी वृत्त थानकोटका इन्सपेक्टर गायत्रीराज शर्मा १५ हजार घुस लिएको कसुरमा महानगरीय प्रहरी कार्यालयमा तानिएका हुन् । २६ मंसिरम साँझ चन्द्रागिरि नगरपालिका–१५, ढुंगे अड्डामा प्रदेश २–०३–००१–ख १४२० नम्बरको गाडीले ठक्कर दिंदा ३ जनाको ज्यान गएको थियो । ६ वटा अन्य सवारीसाधनमा पनि क्षति भएका थिए । तर, दुर्घटना गराउने बसका चालक मकवानपुर घर भएका रामबहादुर रखल मगरलाई छुटाउन घुस प्रकरण चलेको हो । बस समितिले घूस दिएको पनि खुलासा भएको छ । दुर्घटना भएको लामो समयसम्म पनि मुद्दा अल्झाएर घूस मोलमोलाई गरेको उजुरी परेका थियो ।परिसर र महानगरीय प्रहरी कार्यालयले इन्सपेक्टरमाथि निगरानी बढायो । त्यसपछि अनुसन्धान गर्दा उनले १५ हजार घूस लिएको पाइएको थियो । त्यसपछि उनलाई जिम्म्वोरी मूक्त गरेर थप अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी कार्यालयका एआइजी हरिबहादुर पालले जानकारी दिए ।घुस लिएको आरोपित इन्सपेक्टर तीन वर्ष अघि मात्रै सेवामा प्रवेश गरेका हुन् ।