NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

पुछारको क्लबसँग मेसीको बार्सिलोनाको कठिन जित

काठमाडौं । ला लिगामा अपेक्षित प्रदर्शन गर्न नसकेको बार्सिलोनाले गएराती पुछारको क्लबसँग साँघुरो जित हात पारेको छ । अंक तालिकामा पुछारमा रहेको हुएस्कासँग बार्साले १-० को कठिन जित निकालेको हो । जितका लागि एकमात्र गोल डि जोङले खेलेको २७ औं मिनेटमा गरे । खेलमा अधिकांश समय बार्साले नियन्त्रण जमाएको थियो । ७० प्रतिशत बल पोसेसन कायम राखेर ७ अन टार्गेट प्रहार गरे पनि बार्साले फराकिलो जित निकाल्न सकेन । १६ खेल सकिंदा बार्सिलोना २८ अंकसहित पाँचौ स्थानमा छ । एक खेल कम खेलेको एथलेटिको म्याड्रिड १० अंकले अघि रहँदा ३८अंकले पहिलो स्थानमा छ । गएराती नै एथलेटिकोले ९० औं मिनेटमा अलाभेसविरुद्ध स्वारेजको गोलमा नाटकीय जित निकालेको थियो । रियलको १७ खेलबाट ३६ अंक भएको छ ।