NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

पत्नी सिताको उपचारका लागि मुम्बई जाँदैं प्रचण्ड

काठमाडौं । पत्नी सिता दाहालको स्थास्थ्यमा समस्या भएसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल उनको उपचारका लागि आज भारत जाँदै छन् । प्रचण्ड पन्ती सिताको उपचारका लागि भारतको मुम्बई जान लागेका हुन् । आइतबारको नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी समिति बैठक प्रचण्डले पत्नी सितालाई थप उपचारका लागि भारत लैजानुपर्ने भएको जानकारी दिएको थियो । प्रचण्ड पत्नी सिता वंशानुगत पार्किन्सन जस्तै देखिने रोगबाट लामो समयदेखि ग्रसित छिन् । गत बुधबार उनको स्वास्थ्यमा समस्या देखिएपछि मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । मुम्बईस्थित कुन अस्पतालमा उनको उपचार हुने भन्ने बारेमा भने केही खुलाइएको छैन् ।