NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

प्रतिनिधि सभा विघटन गर्नुको कारणबारे राष्ट्रपति कार्यालयले पठाएको जवाफ सर्वोच्चबाटै गायव

काठमाडौं । प्रतिनिधि सभा विघटन गर्नाका कारणबारे राष्ट्रपति कार्यालयले पठाएको पत्र सर्वोच्च अदालतबाटै गायव भएको छ । पत्र गायव भएको भन्दै आज बसेको संवैधानिक इजलासमा कानुन व्यवसायीहरूले प्रश्न उठाएका छन् । जसका कारण इजलासमै विवाद उत्पन्न भएको छ । गत १० पुसमा बसेको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्नुपर्ने आधार र कारणको लिखित जवाफ १९ गतेभित्र पेश गर्न राष्ट्रपति कार्यालय, सरकार र सभामुखलाई आदेश दिएको थियो । सोहीबमोजिम राष्ट्रपति कार्यालयले पठाएको लिखित जवाफ सर्वोच्चबाटै गायव भएको हो । इजलासमा बहसका क्रममा राष्ट्रपति कार्यालयको लिखित जवाफ खोज्दा नभेटिएपछि विवाद उत्पन्न भएको हो । प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर जवराले उक्त पत्र प्रधानमन्त्री कार्यालयमा पुगेको बताए । यही विषयले अहिले इजलासमै विवाद सृजना भएको छ । सरकारले संविधानको धारा ८५ को ५ अनुसार विघटन गरेको जवाफ सर्वोच्चलाई पठाएको छ । त्यस्तै राष्ट्रपति कार्यालयले संविधानको धारा ८५ सँगै संविधानको ७६ को उपधारा एक र सात अनुसार विघटन गरेको जवाफ पठाएको थियो ।