चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकोबारे संवैधानिक इजलासमा प्रश्न

काठमाडौं । मुद्दा विचाराधीन रहेकै अवस्थामा सर्वोच्च अदालतका चार न्यायाधीशले प्रधानमन्त्री केपी ओलीलाई भेटेको भन्दै संवैधानिक इजलासमै प्रश्न उठेको छ । शुक्रबारको संवैधानिक इजलासमा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापतिसमेत रहेकी सांसद् शशी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई नै विपक्षी बनाएर दायर गरिएको मुद्दा विचाराधीन रहेको अवस्थामा न्यायाधीशहरूले प्रधानमन्त्रीलाई भेटेकोबारे प्रश्न उठाएकी हुन् । गत २६ गते न्यायाधीशद्वय हरिकृष्ण कार्की र सपना प्रधान मल्लले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । उनीहरूले दिउसो एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री भेटेका थिए । त्यस्तै, त्यसको भोलिपल्ट २७ गते अर्का न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काले प्रधानमन्त्रीलाई भेटेका थिए । उनीहरूले विहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री भेटेका थिए । श्रेष्ठले इजलासमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले ‘तपाईंको कुरा सुन्दिनँ, यहाँबाट निस्किनुस्’ भनेका थिए ।
प्रतिक्रिया