NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

नेपाली खेलाडी विश्व ब्याडमिन्टन वरियतामा तेस्रो स्थानमा

काठमाडाैं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्वब्याडमिन्टनको जुनियरतर्फ वरियताको तेस्रो स्थानमा उक्लिन सफल भएका छन् । तेस्रो स्थानमा पुग्दा दाहालले ८ स्थान फड्को मारे । वरियतामा पहिलो स्थानमा डेनमार्कका मड्स जुएल छन् । उनले तीन स्थान सुधार गर्दै शीर्षमा स्थान कब्जा गरेका हुन् । दोस्रो स्थानमा बरुण कपुर छन् । उनले पनि चार स्थान सुधारे । प्रिन्स अगस्टमा सातौं स्थानसम्म पुगेर पुनः झरेका थिए । तर, वरियतामा उल्लेख्य सुधार गर्दै उनी तेस्रो स्थानमा आउन सफल भएका छन् । महिला जुनियरतर्फ नेपाली सीमा राजवंशीले ३७ स्थान सुधार गरेर ४२ स्थानमा आइपुगेकी छिन् । वरियतामा इन्डोनेशीयाकी स्टेफिन विडजाजा पहिलो स्थानमा छिन् ।