ओली काम बिगारेर भाग्ने भगौडा हुन्ः झलनाथ खनाल

काठमाडौं । नेकपाको ओली–प्रचण्ड समूहका वरिष्ठ नेता झलनाथ खनालले ओली गलत काम गरेर भाग्ने ‘भगौडा’ भएको बताएका छन् । नेकपाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले ओलीले आफैं कम्युनिष्ट पार्टीमा बस्न नसकेर प्रतिगामी र गलत कदम चाल्दै भागेको बताएका हुन् । खनालले भने, ‘केपी ओली विश्वासघाती रहेछन् । कम्युनिष्ट पार्टी कसैले छाड्न चाहन्छ भने कुनै शर्त छैन्, भाग्नसक्छ । ओली पनि त्यसरी नै भागेका हुन् । उनी भगौडा हुन् ।’ खनालले संविधान विपरित कदमलाई ओलीले राजनीतिक कदम भनेपनि त्यो प्रतिगमन भएको बताए ।उनले भने, ‘संविधान बाहिर गएर प्रधानमन्त्रीले कसरी राजनीतिक कदम चाल्न सक्छ?’
प्रतिक्रिया