NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

तोकिएको समयमा निर्वाचन हुँदैन्ः शशांक कोइराला

कञ्चनपुर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राखेका हुन् । ‘हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो’, कोइरालाले भने,‘पहिलो प्राथमिकता संसद् पुनःस्थापना हुनुपर्छ भन्ने हो ।’ त्यसैगरी पार्टी महाधिवेशन क्रियाशिल सदस्यताको नामावली संकलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उनले बताए । ‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशिलको नामावली अझै आउन सकेको छैन’, उनले भने, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो ।’