NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

गोकुल बास्कोटा भन्छन् : प्रतिनिधिसभा पुनर्स्थापना भए प्रधानमन्त्री बन्न चिथोराचिथोर हुन्छ

काठमाडौं । नेकपाका नेता गोकुल बास्कोटाले प्रतिनिधिसभा पुनर्स्थापना भए प्रधानमन्त्री बन्न प्रचण्ड र माधव नेपालसहिका नेताबीच चिथोराचिथोर हुने बताएका छन् । नेकपा कांभ्रको भेलामा प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र रहेका बास्कोटाले यस्तो बताएका हुन् ।‘प्रतिनिधिसभा कथंकादचित पुनर्स्थापना भइहाल्यो भने पनि अन्तिम प्रधानमन्त्री बन्न नेताहरुबीच चिथोराचिथोरा हुन्छ । रक्ताम्य हुन्छन्’ नेकपाका नेताद्वय प्रचण्ड र माधव नेपालतिर इंगित गर्दै बास्कोटाले भने, ‘जनयुद्धको लिगेसी अब तपाईंहरुले लिनुपर्यो भनेर साथीहरुले कुरा उठाइरहेका छन् । अब नेकपा माओवादी विघटन भइसक्यो । नेकपा एमाले पनि छैन । अब नेकपा मात्रै छ । अल्पमत बहुमतको कुरा होइन । क्षमता र भावनाको कुरामा हामी छौं । हामी गुट होइन पार्टी बनाइरहेका छौं ।’ संङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताए । पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी उनले गरे । ‘वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्’ बास्कोटाले भने, ‘यसअघि पार्टी सञ्चालनका दौरान महिला सहभागिता ‘छुट्ने÷छुटाउने’ प्रवृत्तिको अन्त्य गर्न गरिन्छ ।’ बास्कोटाले हरेक कार्यक्रम, भेलामा पनि महिला सहभागितालाई सुनिश्चित गराउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए । ‘सङ्गठन निर्माणमा महिलाको सुनिश्चितता मूलमन्त्र बनाउनुस्, सहभागिता अनिवार्य हुनेछ’ उनले भने, ‘नेकपा पार्टी सङ्ठन विस्तारका क्रममा रहेकाले ‘गुट होइन पार्टी ।’ पछिल्लो समय नेकपाको केही नेताको राष्ट्रियता र सामाजवादभन्दा ‘पद–पद–पद’को कसरतले जनताको अभिमत चकनाचुर पारेको आरोप लगाए । ‘केही नेतामा देखिएको प्रवृत्तिले नेकपामा अविश्वास पैदा भयो, नेकपा त्यस्तो पार्टी होइन, मै खाऊँ–मै लाऊँ र सुखसयल मै गरू भन्ने’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताका कारण पूर्वमाओवादी, विद्रोही समूह, आम श्रमिक वर्ग र आम नेपालीलाई प्रतिनिधित्व गर्ने भएकाले सङ्गठन विस्तार एवं पार्टी प्रवेश कार्यक्रम उपलब्धिमूलक भएको दाबी गरे । कार्यक्रममा नेकपा केन्द्रीय सदस्यत्रय रामहरि सुवेदी, रेशम लामा र रीता ढकाल, जिल्लाध्यक्ष अशोक ब्याञ्जूले प्रम ओलीले जनताको सार्वभौमिकता जनतामै लगेकाले स्वागत गर्नुपर्ने आवश्यकता औँल्याए । सो अवसरमा विप्लव माओवादीका केन्द्रीय सदस्य हालै नेकपामा नवप्रवेशी चुँडामणि चौलागाईँले प्रम ओलीको राष्ट्रवाद र राष्ट्रियताले जनताको मन जितेको दाबी गरे । बैठकले हाल प्रतिनिधि तथा प्रदेश निर्वाचन क्षेत्र कमिटीअन्तर्गत पार्टी इन्चार्ज, सहइन्चार्ज तथा आउँदो फागुन मध्यसम्म काभ्रेपलाञ्चोकको १३ स्थानीय कमिटीका १६५ वडा कमिटी घोषणा गर्ने निर्णय गरेको छ ।