राजपत्र कीर्तेको आशंका : आधिकारिकता जाँच्न सर्वोच्चमा प्रचण्ड समूहको निवेदन

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रको सूचनाको आधारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन हालिएको छ । संसद विघटनको सूचना राजपत्रमा नछापिएको संवैधानिक इजलासमा कुरा उठेपछि यसको आधिकारिता जाँच गर्न भन्दै सर्वोच्चमा निवेदन हालिएको हो । नेकपा प्रचण्डसमूहका नेताहरु रामकुमारी झाक्री, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठसहितले संवैधानिक इजलासमा यस्तो निवेदन दिएका हुन् । इजलासमा कुरा उठेपछि रातारात पछि राजपत्र प्रकाशित गरेको आरोप सरकारमाथि छ । इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा हाल्ने पक्षले विघटनसम्बन्धी राजपत्र नै प्रकाशित नगरिएको भन्दै विघटन अनधिकृत भएको बताएका थिए । लगत्तै न्यायाधीसले सरकारी वकिलहरुलाई राजपत्रबारे सोध्दा उनीहरुले जवाफ दिन सकेका थिएनन् । तर, विघटनको वैधानिकता उठेपछि रातारात पुरानो मितिमा पछि राजपत्र प्रकाशित गरिएपछि सरकारले कीर्ते गरेको आरोप लागेको छ ।
प्रतिक्रिया