अनिल कपुरको ‘नायक’को झल्को : उत्तराखण्डमा एक दिने मुख्यमन्त्री बन्दैछिन् सृष्टि

काठमाडौं । भारतमा २००१ मा बनेकाे नायक अनिल कपुरको ‘नायक’ फिल्म अहिले पनि उत्तिकै चर्चित छ । घटना विशेषले एउटा फोटो पत्रकारलाई २४ घण्टा अर्थात् एक दिनको मुख्यमन्त्री बनाइएको फिल्मको कथा आजका दिनमा पनि उत्तिकै रुचाइन्छ । भारतको उत्तराखण्डको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी १९ वर्षीया सृष्टि गोस्वामी २४ जनवरी आइतबार एक दिनको लागि मुख्यमन्त्री बन्दैछन् । यो घटनाले सोही नायक फिल्मको सन्दर्भ फेरि जोडिएको छ । राष्ट्रिय बालिका दिवसको मौका पारेर उनलाई एक दिनको लागि मुख्यमन्त्री बनाउन लागिएको हो । उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । यो प्रतिकात्मक हुनेछ । बालसभा सम्मेलनमा उनले सरकारको विभिन्न विभागको कामका बारेमा छलफल गर्नेछिन् । यसैबीच विभागीय अधिकारीहरुले आफ्नो काम प्रस्तुत गर्नेछन् र सृष्टिले सुझाव दिनेछिन् । यस कार्यक्रम उत्तराखण्डको मुख्यमन्त्री त्रिवेंद सिंह रावत पनि उपस्थित हुनेछन् । यो कार्यक्रम आइतबार दिउँसो १२ देखि ३ बजेसम्म आयोजना गरिनेछ । मुख्यमन्त्री बनाउने उद्देश्य उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगका अध्यक्ष उषा नेगीका अनुसार, उत्तराखण्ड सरकारले सृष्टिलाई एक दिनको मुख्य मन्त्री बनाएर केटीहरुकाे शसक्तिकरणको बारेमा सचेतना फैलाउनु हो । सोसल मिडियामा जारी विज्ञप्तिमा सृष्टिले भनेकी छिन, ‘म एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाएकोमा धेरै खुसी छु । म विशेष गरी बालिकाहरुलाई उनीहरुको सुरक्षासम्बन्धी सुझाव दिन्छु ।’ सृष्टि बिएस्सी एग्रिकल्चरकी छात्रा हुन् । उनका बाबु काममा पसल चलाउछन् । आमा भारतको चाइल्डकेयर सम्बन्धी संस्थामा काम गर्छिन् । सृष्टिका बाबुआमा दुवैले एक दिनको लागि छोरीलाई मुख्यमन्त्री बनाउन लागेको भन्दै मुख्यमन्त्रप्रति आभार व्यक्त गरेका छन् । ‘मलाई गर्व महसुस भइरहेको छ । खुलेर सहयोग गर्न सके छोरीले पनि सबैथोक गर्न सक्छन् । छोरीलाई सहयोग गरौं । उनीहरु कोहीभन्दा कम छैनन् । उनीहरुले पनि लक्ष्य हासिल गर्न सक्छन् ।’ सृष्टिकी आमाले भनेकी छिन् ।
प्रतिक्रिया