ओली भन्छन् : दुई वटा किड्नी फेरेर विश्व रेकर्ड राखेको प्रधानमन्त्री हुँ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वमा दुईवटा किड्नी फेरेर आफू विश्वरेकर्डको प्रधानमन्त्री भएको बताएका छन् । अपागंता भएका व्यक्तिहरुसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले आफूले दुईपटक किड्नी फेरेर पनि बाँच्न र काम गर्न सकिन्छ भन्ने सन्देश दिएको बताएका हुन् । ‘म पनि अलिअलि अपागंता भएको मान्छे हुँ किड्नी फेल भएर अरुको किड्नी राखें । त्यसले पनि काम नगरेपछि फेरि किड्नीको वैशाखी टेकेर हिँडेको छ’ ओलीले भने, ‘किड्नीले काम नगरे अर्को लगाएर पनि बाँच्न सकिन्छ । दुई किड्नी फेरेर प्रधानमन्त्री भएको यो विश्वरेकर्ड नै होला । यस्तो प्रधानमन्त्री विश्वमा कहीं छैन ।’ दुई किड्नी फेरे पनि जनताको लागि अहिले आफूले राम्रो काम गरिहेको उनले बताए ।अपागंता कम वेशी हुने भन्दै ओलीले अपागं होइनौं भन्ने व्यक्तिहरु भ्mन् ठूलाठूला अपागंता भएका व्यक्ति भएको अोलीको भनाई थियो । ओलीले सडकमा सडक बालबालिका नभएको फेरि दोहोर्याए । ‘त्यस्तो हुन दिइने छैनन् । सरकारले अभिभावकको भूमिका खेल्छ । जो सुकैका छोराछोर िभए पनि हामी अभिभावकत्व निभाउँछौं’ ओलीले भने, ‘सहयोगपेक्षीहरु सडकमा भेटिंदैनन् । सरकारले काम गरेको छ । अरु मानव सेवामा काम गर्ने संस्थाहरु छन् । अपागंता भएकाहरुले बाँच्न सक्छौं केही गर्न सक्छौं भनेर प्रेरणा बाँडिरहनुभएको छ ।’ आफूहरुले अपागंता भएकाहरुको लागि धेरै काम गर्ने ओलीले बताए ।
प्रतिक्रिया