NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

खानेपानी मन्त्रीद्वारा मेलम्ची सुरुङमार्गको अवलोकन

काठमाडाैं । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् । मन्त्री थापाले आइतबार मेलम्ची खानेपानी आयोजना अन्र्तगतको सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेका हुन् । अवलोकन गर्दै मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिए । अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री थापाले सुरुङ निर्माणको काम प्राविधिक रुपले सफलतातर्फ गइरहेको अनुभुति भएको बताए । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परीक्षण अघि विज्ञ समूहलाई निरिक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको बताए । सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने कार्यकारी निर्देशक खत्रीको भनाई छ ।