जहाज दुर्घटनामा ब्राजिलका चार फुटबल खेलाडीको मृत्यु

हवाइजहाज दुर्घटनामा ब्राजिलका चार फुटबल खेलाडीको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा पाल्मास क्लबका अध्यक्षसहित चार खेलाडीको मृत्यु भएको हो । उनीहरु निजी विमानमा यात्रा गरिरहेका थिए । उनीहरू चाैथाे डिभिजनकाे क्लबका खेलाडीहरू हुन् । टेकअफका क्रममा रनवेको अन्तिमबाट जहाज चिप्लिएको थियो । मृत्यु हुनेमा क्लबका अध्यक्ष लुकास मेइरा र खेलाडीहरू लुकास प्राक्सेडेस, ग्युल्हेर्मे नोय, रानुल र मार्कस मोलीनार छन्। चालकको पनि मृत्यु भएको छ । कोरोनापछि आइसोलेसनमा बसेकाले उनीहरुले निजी विमानको प्रयोग गरेका थिए ।
प्रतिक्रिया