NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

चीन र भारतको सीमामा झडप हुँदा २४ सैनिक घाइते

एजेन्सी । भारतको उत्तरी सिक्किमको नाकुलामा चीन र भारतका सैनिकबीच झडप भएको छ । चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भएको भनिएको उक्त झडपमा २४ जना सैनिक घाइते भएको जनाइएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार गत साता भएको झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएका हुन् । सीमा क्षेत्रमा झडप भएको यो पहिलो घटना भने होइन । पछिल्लो समय दुई देशबीच सीमा क्षेत्रको सुरक्षाका विषयलाई लिएर सैन्य स्तरमा कुटनीतिक वार्ता भइरहेको समयमा नाकुला घटना घटेको छ । भारतीय सेनाले बयान जारी गर्दै उत्तरी सिक्किमको नाकुलामा २० जनावरीमा भारतीय सेना र पिपुल्स लिबरेशन आर्मीबीच मामुली झडप भएको र यो मामिला स्थानीय कमाण्डरको अगुवाइमा सामाधान भइसकेको जनाएको छ । गएको वर्ष जुनमा भारतको गलवान उपत्यकामा भारत र चीनका सैनिकबीच झडप हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त झडपपछि चारजना भारतीय अधिकारी र ६ जना सैनिकलाई उनीहरुले कब्जामा लिएर पछि रिहा गरेका थिए । तर चीनले यो घटना भारतीय सेनाले जानाजान उत्तेजक कार्य गरेका कारण भएको बताएको थियो । सो घटनापछि भारतले सयभन्दा बढी चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो ।