NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

गोलभेडाका ‘साइड इफेक्ट’ : धेरै खाँदा मृगौला पत्थरी र एलर्जीसम्मका समस्या

गोलभेडाले खानेकुरा स्वादिलो बनाउने मात्र नभएर छाला सुन्दर र नरम राख्न पनि मद्दत गर्छ । तर धेरै मात्रामा गोलभेडा खाँदा स्वाथ्यमा समस्या पनि पार्न सक्छ । स्वास्थ्यको लागि गोलभेडा धेरै कुराबाट फाइदाजनक हुन्छ । पाकेको रातो गोलभेडा खाना, सब्जी बनाउन संसारभर प्रयोग हुन्छ । सौदर्य बढाउन, गर्मीमा जलनबाट बच्न पनि गोलभेडा सहयोगी हुन्छ । यसमा एन्टिअक्सिडेन्ट तत्व पाइन्छ जसले पराबैजनी किरणबाट छालालाई सुरक्षा दिन्छ । गोलभेडाले भोजनको स्वाद बढाउने मात्र नभएर छालालाई पनि नरम बनाउँछ । तर धेरै गोलभेडा खाने गर्नाले स्वास्थ्यमा असर पनि गर्छ । यसले पाचन प्रणालीमा समस्या आउनुका साथै डायरिया, किड्नीमा समस्या र शरीर जोर्नी दुख्ने पनि हुन्छ । खानामा धेरै गोलभेडा खाने बानीले स्वास्थ्यमा हुने समस्याहरु किड्नीमा पत्थरी गोलभेडा धेरै सेवन गर्नाले मृगौलामा पत्थरी हुन सक्छ । गोलभेडामा प्रशस्त मात्रामा क्याल्सियम र अक्सलेट हुन्छ जुन हाम्रो शरीरमै प्रशस्त हुन्छ । तिनीहरु सजिलैसँग मेटाबोलाइज्ड हुँदैनन् र निस्कासन पनि हुँदैनन् । यस्तोमा यी तत्व शरीरमै जाम हुन थाल्छन् । जसबाट मृगौलामा पत्थरी हुन थाल्छ । डायरिया गोलभेडामा साल्मोनेला नामक ब्याक्टेरिया हुन्छ । जुन शरीरमा पखाला गराउने कारक बन्छ । यसबाट बच्नको लागि सीमित मात्रामा गोलभेडाको सेवन गर्नुपर्छ । लाइको पेनोडर्मिया यो यस्तो समस्या हो जसको रगतमा लाइकोपीनको मात्रा बढ्छ उसको छाला फुस्रो र नराम्रो हुन्छ । लाइकोपीन तत्व शरीरको लागि राम्रो हुन्छ तर यसको सेवन दिनमा ७५ मिलिग्राम भन्दा धेरै भएको खण्डमा लाइकोपेनोडर्मिया हुन सक्छ । जोर्नी दुख्ने गोलभेडा धेरै खाँदा जोर्नीमा दुखाई हुन सक्छ । गोलभेडामा सोलेनिन नामक क्षार पाइन्छ । यो यौगिकले टिसुहरुमा क्याल्सियमको निर्माण गर्दछ । जसकारण जोर्नीमा दुखाई हुन्छ । एसिडको मात्रा धेरै गोलभेडामा म्यालिक एसिड र साइट्रिक एसिड हुन्छ । जसले पेटलाई अत्याधिक अम्लिय बनाउँछ । धेरै गोलभेडा खाँदा पेटमा अरु ग्यास्ट्रिक एसिड बन्ने हुन्छ । जसकारण शरीरमा असहज र एसिड धेरै हुने हुन्छ । जसबाट पाँचन प्रणालीमा समस्या हुन सक्छ । एलर्जी गोलभेडामा हिस्टानिन् नामको यौगिक हुन्छ । जसले छालामा एलर्जी हुन सक्छ । गोलभेडाको सेवन धेरै गर्दा मुख, जिब्रो, घाँटी दुख्ने हुन्छ । हाच्छ्यु आउने आदि समस्या हुन सक्छ ।