NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

काठमाडौंदेखि भेडेटार र इलामसम्म अब पर्यटक बसमा घुम्न पाइने

काठमाडौं । अब काठमाडौंबाट भेडेटार हुँदै इलामसम्म पर्यटक बस सेवा सुचारु हुने भएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघले पर्यटन बोर्डसँगको सहकार्यमा आगामी फागुनदेखि यो सेवा सुरु गर्न लागेको बोर्डले जनाएको छ । उक्त साझेदारी अनुसार स्वास्थ्य प्रोटोकोेलको पालना गरी सो रुटमा २७ सिट क्षमताका पर्यटक बस सेवा सुरु हुनेछ । नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्माले दिवासेवामा प्रत्येक ठाउँमा दुईवटा पर्यटक बस सञ्चालनमा ल्याउने जानकारी दिए । सिन्धुलीको बाटो हुँदै चल्ने उक्त बस सेवाका लागि भाडादर भने तोकिएको छैन । सोमबार संघ र बोर्डबीच फागुनको पहिलो सातादेखि काठमाडौंदेखि इलाम, धरान, पशुपतिनगर, भेडेटार लगायतका गन्तव्यमा सेवा सुचारु गर्नेबारे छलफल भएको थियो । हाल काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र वीरगञ्जका लागि पर्यटक बस चल्छन् । यो साझेदारीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिइएको बोर्डले जनाइएको छ ।