NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

बालुवाटार दमन निन्दनीय : सिंह

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले बालुवाटारमा शान्तिपूर्ण धर्ना दिने नागरिक अगुवामाथि सरकारले तानाशाही शैली देखाएको आरोप लगाएका छन् । असंवैधानिक कदम सच्चाउन माग गर्दै पुगेका अधिकारकर्मीमाथि दमन गेर राज्यले गलत कदम ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । ‘असंवैधानिक कदमविरूद्ध हिजो बालुवाटारमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्नेहरुमाथि भएको प्रहरी दमन निन्दनीय छ । नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले केपी ओेली नेतृत्वको वर्तमान सरकारको तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको छ । लोकतन्त्रमा सबैले आफ्ना मतहरू राख्न पाउँछन्’ सिंहले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारले फरक मतलाई सुन्न सक्ने चरित्रको विकास गरोस् । निहत्था नागरिकमाथि दमन गरेर असंवैधानिक कदमको ढाकछोप गर्ने कुचेष्टाविरूद्ध सबै नागरिकलाई एकताबद्ध हुन र संविधान रक्षाको पक्षमा उभिन पनि म आग्रह गर्दछु ।’ ५ पुसमा प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै नागरिक अगुवा, लेखक, पत्रकारसहितले बालुवाटार मार्च गर्दा प्रहरीले निर्ममतापूर्वक दमन गरेको थियो ।