सर्वोच्चका मुख्य रजिष्ट्रारसहित तीन जना मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । न्याय परिषदले सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्तीका लागि सिफारिस गरेको छ । ११ माघ ०७७ को परिषदको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । यस्तै न्यायापरिषदले न्यायाधीशद्वय प्रकाशचन्द्र गजुरेल र निता दिक्षितलाई पनि मुख्य न्यायाधीशमा नियुक्तीको सिफारिस गरेको छ । दिक्षितलाई उच्च अदालत तुल्सीपुर दाङको मुख्य न्यायाधीश अर्का न्यायाधीश गजुरेललाई उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा सिफारिस गरिएको हो । सर्वोच्च अदालतका मुख्य रजिष्टार निरौलाले न्यायापरिषदले आफूलाई मुख्य न्यायाधीशको रुपमा सिफारिस गरेको नेपालवाचलाई बताए । उनले त्यही सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुत्त दिने प्रक्रिया अघि बढेको बताएका हुन् । यस अघिका मुख्य रजिष्टार राजनप्रसाद भट्टराई र नहकुल सुवेदीलाई गोपाल पराजुलीले मुख्य न्यायाधीश बनाएका थिए । मुख्य रजिष्टार मुख्य सचिव सरहको पद हो ।
प्रतिक्रिया