NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

यसरी भर्नुहोस् जनगणनाको लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षकमा अनलाइन फर्म

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ का लागि ४७ हजार कर्मचारीको माग गर्दै अनलाइन फर्म खुलाइएको छ । विभागले केही दिन अघि दुई महिनाको समय राखेर योग्यता पुग्नेले अनलाइनबाटै दरखास्त आह्वान गर्न सक्ने जनाएको छ । ८ हजार सुपरीवेक्षकका लागि राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका २०७७ को दफा १३ बमोजिमको देहाय बमोजिमको योग्यता पुगेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। जसमा न्यूनतम शैक्षिक योग्यता स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्छ । सम्बन्धित स्थानीय तहमा बसोबास गरेको नागरिकहुनुपर्नेछ । ३९ हजार गणकका लागि राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका २०७७ को दफा १३ बमोजिमको देहाय बमोजिमको योग्यता पुगेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। न्यूनतम शैक्षिक योग्यता १०‌+२ वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने तोकिएको छ । दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ । स्थानीय तहको हकमा सम्बन्धित स्थानीय तहमा बसोबास गरेको नागरिक हुनुपर्नेछ । अनलाईन मार्फत दरखास्त दिँदा अपलाेड गर्नुपर्ने कागजात र प्रमाणपत्र हालसालै खिचेकाे पासपाेर्ट साईजकाे फाेटाेकाे स्क्यान/डिजिटल कपी,नेपाली नागरिकताकाे प्रमाण पत्रकाे स्क्यान/डिजिटल कपी (दुवै साईड),न्यूनतम शैक्षिक याेग्यताकाे लब्धाङ्क प्रमाणपत्र (Transcript) काे स्क्यान/डिजिटल कपी,यदि उम्मेदवारले तथ्या‌ंक संकलनसम्बन्धी कुनै तालीम लिएकाे वा तथ्यांक सकंलनकाे अनुभव भएकाे कुरा उल्लेख गर्न चाहेमा साे कुरा पुष्टी हुने कागजातकाे स्क्यान/डिजिटल कपी समेत अपलाेड गर्नुपर्नेछ।उम्मेदवारले दरखास्तसाथ अपलाेड गर्नुपर्ने कागजातकाे स्क्यान/डिजिटल कपी बढीमा ५१२ केबी (512 KB) सम्म र १०२४ पिक्सेल (1024px) सम्म हुनुपर्नेछ,उम्मेदवारले नयाँ फाराम सुरु गरेकाे ७ (सात) दिनसम्म त्यस्ताे फाराममा आवश्यक जानकारी फेरबदल गरी अन्तिममा पेश गरी सब्मिसन् नम्बर (Submission Number) प्राप्त गर्न सक्नेछ। यसका लागि फारामकाे तल पट्टी रहेकाे “सेभ गर्नुहाेस्” बटनमा थिच्नुपर्नेछ र सम्पादन गर्नका लागि दिइएकाे प्रक्रियाकाे पालना गरी जानकारी सम्पादन गर्न सकिनेछ।तर, उम्मेदवारले एकपटक फाराममा अनिवार्य रहेका विवरण भरी पेश गरी सब्मिसन् नम्बर (Submission Number) लिईसकेकाेमा त्यस्ताे फाराम सम्पादन गरी पुनः पेश गर्न सकिने छैन। यसरी भर्नुहोस् अनलाइन फर्म