सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट सञ्चालनमा

पोखरा । पोखरामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा आएको छ । गुरुङ ब्युटी पार्लर एण्ड एकाडेमिक प्रालिमार्फत् सौन्दर्यको क्षेत्रमा बेग्लै पहिचान बनाईसौन्दर्यपारखीको मन जित्दैआएकी सौन्दर्यविद् चिनु गुरुङले महेन्द्रपुलमा सो इन्स्टिच्युटसंचालनमा ल्याएकी हुन् । सौन्दर्य क्षेत्रमा आफ्नो २५ वर्षको लामो अनुभवसँगै समयको मागलाई ध्यानमा राखी उनले करिब ३० लाख लगानीमा शाखा सञ्चालनमा ल्याएको बताइन् । सो शाखाको एक समारोहबीच अभिनेत्री आँचल शर्माले रिबन काटेर उद्घाटन गरिन् । विदेश अध्ययन गर्न जानेहरुमा पछिल्लो समय सौन्दर्य सीप दक्षताको माग भएकाले पनिइष्टिच्यूट खोलिएको संचालक गुरुङको भनाइ छ । पोखरा न्युरोडमा प्रधानकार्यालय रहेको एकेडेमीका अन्य ६ शाखाहरु संचालनमा छन् । जसमा ४६ जनाले रोजगार पाएका छन् । व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गुरुङले विपन्न, घरेलु हिंसामा पीडित एवम्अपाङ्गता भएकाहरुलाई निःशुल्क र न्यूनतमा शुल्कमा तालिम प्रदान गरेर स्वरोजगार बन्नप्रेरित गर्दै आएकी छन् । शाखा उद्घाटन समारोहमा पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायणकोइरालाले यो व्यवसायबाट पोखराले सौन्दर्य क्षेत्रमा फड्को मारेको बताए । उनले संघले इन्स्टिच्युटसँग मिलेर आगामी दिनमा सहकार्य गर्ने बताए । संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले पनि उद्यमीमहिलाहरुको लागि सुनौलो अवसररहेको बताए । कार्यक्रममा मिस नेपाल–१९९७ नीलिमा गुरुङ, इभेन्ट्स फर युका म्यानेजिङ डाइरेक्टरविशाल गुरुङ, हस्तकला व्यवसायी रामकली खड्का लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया