प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । ओलीले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्नेगरी बोलेको र कानुन व्यवसायीलाई मानमर्दन हुने गरी बोलेको भन्दै कुमार आचार्यले आइतबार र कञ्चन न्यौपानेले सोमबार अदालतमा निवेदन दिएका थिए । सोही निवेदनपछि मंगलबार ओलीविरुद्ध अपहेलना मुद्दा दर्ता भएको हो । ओलीले पटकपटक प्रतिनिधिसभा पुनस्थापना नहुने बताउँदै आएका छन् ।
प्रतिक्रिया