NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

लोक सेवाका विविध परीक्षाका लागि प्रश्नोत्तर

लोक सेवाका विविध परीक्षाका लागि सामान्य ज्ञानका वस्तुगत नमूना प्रश्नोत्तर १. “आम्ची” भन्नाले देहायका मध्य केलाई भनिन्छ ? (क) नेपालको हिमाली जिल्लामा शताब्दी देखि चलि आएको जडिबुटीबाट उपचार गरिने पद्धति ।   (ख) नेपालको पूर्वी हिमाली जिल्लाहरुमा खाना पकाउन प्रयोग गरिने विशेष प्रकारको भाँडा ।  (ग) नेपालको डोल्पो जातजातीमा सुत्केरी गराउन सहयोग गर्ने स्थानीय सुडेँनी । (घ) हिमाली भेगमा पदयात्राको क्रममा आराम गर्न बनाईएको एक प्रकारको चौतारा । २. १८ औं काठमाण्डौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिबल (किम्फ) २०७७ मा प्रथम स्थान हाँसिल गर्ने बृतचित्रको नाम के हो ? (क) बाटो             (ख) द विलभेड डटर   (ग) द सिल्हुट्स                      (घ)  माटो ३. कुनै पुस्तकको पछाडिको आवरणमा पुस्तकको पहिचानका लागि राखिने आईएसबीएन (ISBN) नम्बर लेख्ने प्रचलन कुन देशबाट सुरु भयो ? (क) फ्रान्स          (ख) वेलायत       (ग) चीन              (घ) अमेरिका ४. विश्वको सबैभन्दा अग्लो प्रतिमा स्टाचु अफ युनिटी कुन देशमा रहेको छ ? (क) नेपाल           (ख) पाकिस्तान                 (ग) भारत         (घ) श्रीलंका ५. पन्ध्रौं योजना अनुसार आ.व. २०८०–८१ को अन्त्यमसम्ममा रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा कति प्रतिशत रहेको छ ? (क) ५० प्रतिशत          (ख) ६० प्रतिशत           (ग) ७० प्रतिशत           (घ) ८० प्रतिशत ६. शुन्य गुरुत्व प्रवेग, जुनसुकै कोण, जुनसुकै तापक्रम र पानीमुनी पनि लेख्न सकिने अन्तरिक्ष कलमको आविष्कारक को हुन् ? (क) मिजोन सान्स    (ख) जे. स्पेन्सन     (ग) ए. एफ. जोन्सन  (घ) पल सी. फिसर ७. अक्सिजनको तीनवटा परमाणुहरु मिलेर बनेको ओजोनको मात्रा वायुमण्डलमा कति रहेको छ ? (क) ०.०२ प्रतिशत    (ख) ००.०६ प्रतिशत   (ग) ००.०४१ प्रतिशत  (घ) ०.०१७ प्रतिशत ८. सहि उत्तर छान्नुहोस् । (क) नेपालको ईतिहासमा अलौ पर्व वि.स. १९०४ मा सर्लाहीको अलौ भन्ने ठाउँमा भएको थियो । (ख) अलौ पर्व राजा राजेन्द्रले जंगवहादुरबाट आफ्नो हातमा सत्ता फर्काउन गरिएको सैनिक विद्रोहको प्रयास हो । (ग) यस घटनामा काजी जगतबम पाण्डे र रंगनाथ पौडेल मारिए भने राजा सुरेन्द्र नजरबन्दमा राखिए । (क) ख मात्र ठीक     (ख) ग मात्र बेठिक    (ग) सबै ठीक  (घ) क मात्र ठीक ९. यूरोपेली अदालतमा जम्मा कति जना न्यायाधीश रहने व्यवस्था छ ? (क) ३ (ख) ९ (ग) ११ (घ) १५ १०. जव कुनै जीनको डीएनएमा स्थाई परिवर्तन हुन्छ भने त्यसलाई के भन्ने गरिन्छ ? (क) अनुकुलन (ख) आनुवंशिक वहाव  (ग) उत्परिवर्तन (घ) जीन प्रवाह ११. मानव विकास सूचकांक २०२० अनुसार नेपालको मानव विकास सूचकांक कति रहेको छ ? (क) ०.५५५ अंक            (ख) ०.५६७ अंक          ग) ०.५७७ अंक       (घ) ०.५८७ अंक  १२. तेक्वान्दो खेल खेलाउँदा लगाउने लुगालाई के भनिन्छ ?  (क) डोबोक   (ख) फाबिक   (ग) पोल्दोक   (घ) रोबिक १३. विश्वका सबै भुपरिवेष्ठित राष्ट्रहरु मध्ये दोहोरो भुपरिवेष्ठित राष्ट्रहरु दुई छन् भने दुई देशहरुले मात्र घेरिएर भुपरिवेष्ठित बनेका नेपाल जस्ता मुलुकहरु विश्वमा कति वटा छन् ? (क) ७ वटा    (ख) ११ वटा  (ग) १३ वटा   (घ) १५ वटा १४. संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई संघीय संसद प्रति उत्तरदायी र जवाफदेही बनाउनको लागि संविधान बमोजिम गठन हुने प्रतिनिधि सभाका समितिले …………… बाहेकका सबै संवैधानिक निकायको काम कारवाहिको अनुगमन र मुल्याकंन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन सक्दछ । (क) राष्ट्रिय मानव अधिकार आयोग (ख) राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोग  (ग) निर्वाचन आयोग (घ) अख्तियार दुरुपयोग अनुसन्धान आयोग १५. संयुक्त राष्ट्र संघको महासचिवको नियुक्ति कसरी हुने गरेको छ ?  (क) महासभाको सिफारिसमा महासचिवबाट (ख) सुरक्षा परिषदको सिफारिसमा महासभाले  (ग) महासभाको सिफारिसमा सुरक्षा परिषदले (घ) सुरक्षा परिषदको सिफारिसमा महासचिवल १६. दुहुँ गाउँपालिका कुन जिल्लामा पर्दछ ? (क) दोलखा (ख) कञ्चनपुर   (ग) दार्चुला    (घ) कैलाली १७. अमेरिकीन स्वतन्त्रताको घोषणाको मस्योदाकार वा लेखक कसलाई मानिन्छ ? (क) अब्राहम लिङ्कन (ख) जर्ज वासिङ्टन   (ग) थोमस जेफरसन  (घ) अलेक्जेन्डर हेमिल्टन १८. नेपालको वर्तमान संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तह बीचको सम्वन्ध कुन सिद्धान्तका आधारमा हुने व्यवस्था छ ? (क) समन्यातिकता, सहअस्तित्व र सहकारीता (ख) सहकार्य, सहअस्तित्व र समन्वय  (ग) स्वाधिनता, समन्वय र सहकारीता (घ) सहकारीता, सहअस्तित्व र समन्वय १९. विभिन्न काण्ड र सम्वन्धित स्थान बारे जोडा मिलाउनुहोस् । अ) टिम्बुरबोटे काण्ड  i) सिन्धुपाल्चोक आ) पिस्कर हत्याकाण्ड ii) झापा इ) सुखानी हत्याकाण्ड  iii) धनकुटा ई) छिन्ताङ हत्याकाण्ड iv) कामला नदी (क) अ iv आ- i इ-ii ई-iii (ख)अ- ii आ-iv इ-iii ई-i (ग) अ-iii आ-iv इ-ii ई{-i (घ) अ-i आ-ii इ-iii ई-iv २०. नेपालमा एक गाउँ एक पोखरी अभियानको सञ्चालन गर्ने पहिलो प्रदेश कुन हो ? (क) प्रदेश दुई  (ख) प्रदेश तीन (ग) प्रदेश चार (घ) प्रदेश पाँच २१. पुरा रुपहरुको आधारमा सहि उत्तर छान्नुहोस् ।  i. OPV : Oral Polio Vaccine ii. OPD : Outdoor Patient and Doctor iii. CT Scan : Computerized Tomography Scan iv. ECG : Electro – Cardiogram क) i, ii र iv मात्र ठिक । ख) i र iv मात्र ठिक ग) सबै ठिक घ) ii,iii र iv मात्र ठिक २२. निम्न भनाइहरुमाथि विचार गर्नुहोस् । १. नेपालको जम्मा २३ प्रतिशत भूभाग मात्र समथर रहेको छ । २. नेपालको हावाखोरी भनेर भित्री मधेशलाई चिनिन्छ । ३. न्यानो समशितोष्ण हावापानी ४००१ दखी ७००० फिटको उचाईमा पाईन्छ  । ४. तराई पुगेपछि बाग्मती नदीले रौतहट र बारा जिल्लाको सिमानाको काम गर्छ (क) १ र २ सही ३ र ४ गलत (ख) १ र ४ गलत अरु सही   (ग) १ र ३ सही अरु गलत (घ) २ मात्र गलत अरु सही २३. सन् १९९४ मा कुन ठाउँमा प्राकृतिक प्रकोप न्यूनीकरण सम्वन्धी पहिलो विश्व सम्मेलन भएको थियो ? (क) योकोहामा (ख) हिरोसिमा (ग) टोकियो   (घ) फुकुआका २४.  चर्चित साहित्यिक कृति “ज्ञ” का लेखक को हुन् ? (क) सौरभ    (ख) महेशविक्रम शाह  (ग) कुमार नगरकोटी  (घ) विजय कुमार २५. निम्न जलविद्युत आयोजनाका सम्वन्धका आधारमा जोडा मिलाउनुहोस् । १. मध्य भोटेकोशी          अ. १०२ मेगावाट     (क) १अ, २ई, ३इ, ४आ २. माथिल्लो कर्णाली        आ. ९०० मेगावाट     (ख) १ई, २आ, ३इ, ४अ ३. माथिल्लो त्रिशुली–१       इ. २१६ मेगावाट       (ग) १आ, २इ, ३अ, ४ई ४. माथिल्लो मर्स्याङ्दी ए     ई. ५० मेगावाट       (घ) १अ, २आ, ३इ, ४ई २६. वि.स. २०६८ सालको जनगणना अनुसार सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला काठमाण्डौको जनघनत्व कति प्रतिवर्ग किलोमिटर रहेको छ ? (क) ४१८६    (ख) ४४१६    (ग) ४२११     (घ) ४७१६ २७. प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमको शुभारम्भ कहिले गरे ? (क) २०७५ पुस ११    (ख) २०७५ पुस १५    (ग) २०७५ पुस १७    (घ) २०७५ पुस २१ २८. पिस प्यालेस भनेर केलाई चिनिन्छ ? (क) भ्याटिकन सिटीको दरवार             (ख) भर्सेलिज दरवार        (ग) संयुक्त राष्ट्र संघको मुख्यालय          (घ) अन्तर्राष्ट्रिय अदालत २९. प्रसिद्ध धार्मिक तथा ग्रामीण पर्यटकीय स्थल पञ्चासे कुन कुन जिल्लाको सिमानामा अवस्थित छ ? (क) कास्की, स्याङ्जा र पर्वत        (ख) कास्की, स्याङजा र तनहुँ  (ग) कास्की, लमजुङ र तनहुँ         (घ) स्याङ्जा, गुल्मी र पर्वत ३०. नेपालमा राष्ट्रिय धान दिवश कहिलेदेखी मनाउन थालिएको हो ? (क) वि.सं. २०६०     (ख) वि.सं. २०६१     (ग) वि.सं. २०६२     (घ) वि.सं. २०६३ नाेट : आजकाे सामान्यज्ञानकाे उत्तर अर्काे हप्ताकाे मंगलबार सेट ३ काे तल टेवलमा पढ्न सक्नुहुनेछ । गत हप्ता मंगलबारकाे सामान्यज्ञान सेट १ काे उत्तर यहाँ तल टेवलमा हेर्न सकिन्छ । सुमन खड्काका थप सामाग्री पढ्नुहाेस् सार्वजनिक सेवा र सार्वजनिक सेवा प्रवाह लोक सेवा परीक्षाका लागि सामान्य ज्ञानका वस्तुगत नमूना प्रश्नोत्तर