कांग्रेसद्वारा फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक, ३ फागुनमा ७७ जिल्लामा प्रदर्शन

काठमाडौं । कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै फेरि विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले फेरि देशभर विरोध र प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनको कार्यक्रम अन्तर्गत १९ माघमा भ्रातृ संस्था, २४ माघमा शुभेच्छुक संस्था र ३ फागुनमा पार्टीले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले दिइन् । बैठकले बालुवाटार मार्चमा सरकारले गरेको दमनको भत्र्सना गरेको छ । साथै, क्रियाशील सदस्यताको नवीकरण माघ मसान्तसम्म गरिसक्ने घोषणा पनि बैठकले गरेको छ । सांगठनिक निर्णय नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ बमोजिम मुलुकको नयाँ संघीय संरचना अनुरुप पार्टीका स्थानीय सांगठनिक संरचनालाई समायोजन गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी प्रदान गरिएकोमा ७४ जिल्लामा समायोजनको कार्य पूरा गरी केन्द्रीय कार्यसमितिलाई २०७७९३ मा लिखित जानकारी गराएकोमा केन्द्रीय निर्वाचन समितिलाई हार्दिक धन्यवाद प्रकट गर्दै,केन्द्रीय निर्वाचन समितिबाट प्राप्त जानकारी अनुसार समायोजनको कार्य बाँकी रहेका तीन जिल्ला (सप्तरी, बारा र सिन्धुपाल्चोक) तथा समायोजनको कार्य सम्पन्न भएपछि पुनरावलोकनका लागि निवेदन प्राप्त भएका सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बाँके लगायतका जिल्लाको केही स्थानको पुनरावलोकन उपर समेत निर्णय गरी समायोजन सम्बन्धी वाँकी रहेका सम्पूर्ण कार्य केन्द्रीय निर्वाचन समितिबाट नै यथाशिघ्र सम्पन्न गर्ने । म्याद समाप्त भएका भ्रातृ संघको म्याद थप सम्बन्धमा पार्टी आवद्ध भ्रातृ संघहरु— नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने । विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धी (क) नेपाली जनसम्पर्क समिति कतार, वहराईन, मलेशिया र साउदी अरबबाट पार्टीको विधान र नियमावली बमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ र नविकरण तर्फको नामावलीको सूची र सो वापतको सदस्यता शुल्क समेत दाखिला हुन आएकोले उक्त जनसम्पर्क समितिहरुबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने । (ख) नेपाली कांग्रेसको नियमावली २०७६ को नियम २१ (१) बमोजिमको प्रक्रिया पुरा गरी यूरोपस्थित माल्टा देशमा बसोबास गरिरहेका लोकतन्त्रवादी नेपालीहरुको सक्रियतामा जनवरी २५, सन् २०२० मा नेपाली जनसम्पर्क तदर्थ समिति गठन गरी आवद्धताका लागि निवेदन सहित आवश्यक कागजात पेश गरेकोले, सोही नियमावलीको नियम २१ (२) बमोजिम नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई पार्टीसंगको आवद्धता प्रदान गर्ने । (ग) नेपाली कांग्रेसको विधान र नियमावलीको व्यवस्थासंग नबाझिने गरी तयार गरी नेपाली जनसम्पर्क समिति यु.ए.ई.को सम्मेलनबाट संशोधित विधानलाई अनुमोदन गरिदिनका लागि नेपाली जनसम्पर्क समिति यु.ए.ई. बाट प्राप्त विधानलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १४ (३) बमोजिम स्वीकृत गर्ने । (घ) नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ७४ (१) बमोजिम नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल १७ जनवरी २०२१ (तदनुसार माघ ४, २०७७) मा समाप्त भएकोमा, ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी कार्यकाल थप गर्ने ।
प्रतिक्रिया