NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरू [भिडियाे]

काठमाडौं । कोरोना भाइरस संक्रमण सुरु भएको एक वर्षमा नेपालमा यसविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट भर्चुअल रुपमा खोप अभियानको सुरुवात गरेका हुन् । भारतबाट ल्याइएको १० लाख खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकबाट लगाउन सुरु गरिएको हो । ७७ वटै जिल्लामा १२० वटा खोप केन्द्रमा एकैपटक अभियान सुरु भएको हो । भारतले अनुदानमा दिएकाे कोभिसिल्ड खाेप चार लाखभन्दा बढीलाई लगाउन पुग्छ । एकजनालाई दुई डाेज खाेप दिनुपर्छ ।